aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइएमई जनरल इन्स्योरेन्स सहित तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ चैत्र २०७७
आइएमई जनरल इन्स्योरेन्स सहित तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौं । आइतवार दोहोरो अंकले बढीरहेको बजारमा आइएमई जनरल इन्स्योरेन्स सहित तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यस दिन आइएमई इन्स्योरेन्सको ९ दशमलव ९७ प्रतिशत, किसान लघुवित्तको ९ दशमलव ७५ प्रतिशत र साञ्जेन जलविद्युत कम्पनीको ९ दशमलव ६१ प्रतिशत मूल्य बढेको हो । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद प्रस्ताव सार्वजनिक गरेसँगै आइतवार कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको हो । 

कारोबारको १५ मिनेटको अवधिसम्म आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू. ११९ ले बढेर अन्तिम मूल्य रू. १ हजार ३१३, किसान लघवित्तको प्रतिकित्ता रू. १८१ ले बढेर प्रतिकित्ता रू. २ हजार ३८ र साञ्जेन जलविद्युतको प्रतिकित्ता रू. ३७ ले बढेर अन्तिम मूल्य रू. ४२२ कायम भएको हो ।
 

प्रतिक्रिया दिनुहोस