
काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीमध्ये ७ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार वमी माइक्रो फाइनान्सको एक हजार ५ सयभन्दा माथि दरमा कारोबार भइ सकारात्मक सर्किट लागेको छ भने ४० प्रतिशत हकप्रद दिने घोषणा गरेको आइएमई जनरल इन्स्योरेन्सको पनि सकारात्मक सर्किट लागेर एक हजार ३ सयभन्दा माथी कारोबार भइरहको छ ।
त्यस्तै, स्वदेशी लघुवित्तलाई मर्ज गरेर कारोबार खुला भएको एनआइसी एसिया लघुवित्तको शेयरमा पनि सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयरमा पनि पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, सान्जेन जलविद्युत कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शयरमा पोजेटिभ सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस