aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

'गल्बन्दी' च्यात्तियाे... काे बिबाद यसरी मिल्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
'गल्बन्दी' च्यात्तियाे... काे बिबाद यसरी मिल्याे

काठमाडौं । चर्चित लाेकगीत ‘गलबन्दी’ बिबाद सहमतीमा टुङ्गीएकाे छ । गीत बिरूद्द शम्भु राईले गीत चोरीको आरोप लगाउँदै सपूतविरुद्ध उजुरी दिएका थिए । केही समयदेखि लय चोरीको आरोपले थप चर्चित बनेको गीत ‘गलबन्दी’ को विवाद अन्ततः सहमतिमा टुंगिएको हाे । प्रकाश सपूत र शम्भु राईले प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा बुधवार (आज) ४ बुँदे सहमति गर्दै चोरीको विवादलाई सहमतिमा टुंग्याएका हुन् ।

लय चोरीको आरोप लागेको प्रकाश सपूतको गीत ‘गलबन्दी’ को पछ्यौरी च्यातियो तिम्ले तानेर अंश र शम्भु राईको ‘देउसी भैलो’ मा समावेश आऊ नाचौँ साथी हो कम्मर कसेर को लय मिल्न गएको निष्कर्ष निकालिएको छ ।

प्रकाश सपूत र शम्भु राईले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा  संगीत क्षेत्रका प्रतिनिधिको रोहवरमा सहमति भएको उल्लेख गरिएको छ । लय मिल्न गएको देखिएकाले लोक दोहोरी ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जना शम्भु राईको नाम समावेश गर्दै सच्याउने र पुन: संगीत सिर्जनामा प्रकाश सपूतको नाम राख्ने गरी सहमति भएको हो ।

यस्तै बुँदा नम्बर २ मा गीतमार्फत आउने आम्दानी सबै प्रकाश सपूतले नै पाउने र शम्भु राईले पनि आर्थिक अधिकार र प्रतिलिपी अधिकारका लागि दाबी गर्न नपाइने भनी सहमति भएको छ । योसँगै शम्भु राईले गीत चोरीको आरोप लगाउँदै सपूतविरुद्ध दिएको उजुरीसमेत फिर्ता लिएका छन् ।

यसअघि भने प्रकाश सपूतले आफूले ‘गलबन्दी’ को लय मिल्न गएको भनिएको गीत ‘देउसी भैलो’ नसुकेको बताउँदै आएका थिए । पछिल्लो समय संगीत क्षेत्रमा गीत चोरीको विषयले खुबै महत्त्व पाएको थियो । शम्भु राईले भने पहिलोपटकको छलफलमा पनि लय सिर्जनामा आफ्नो नाम राख्न जोड गरेका थिए । पहिले प्रकाश सपूत यसका लागि राजी नभए पनि पछि आएर राजी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस