काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीयकार्यालय बुटवल शाखाले घातक रोगको दावीभुक्तानी रकम ३० लाख रुपैयाँ प्रदान गरेको छ । शनिबार कम्पनीले तिलोत्तमानगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकमप्रदान गरेको हो ।
तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय रामचन्द्र कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट३० लाखको वार्षिक अग्रिमभुक्तानी बीमा गरेका थिए ।
एक किस्ता बीमा शुल्क २ लाख ४६ हजार रुपैयाँ मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइउपचारको लागी काठमाडाँैको गंगालालमा उपचारका क्रम ३० लाख रुपैयाँ विमाङ्क रकम प्रदान गरीएको क्षेत्रीय शाखा प्रबन्धकदुर्गा राज ढकालले बताए ।
कंडेलजी को बीमा फर्निचर खरिद गर्ने क्रममा कम्पनीका अभिकर्ता ईश्वर भण्डारीले गराएका थिए । क्षेत्रीय प्रवन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिलबिना नै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।
बीमितका परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थिक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरेका थिए र उपस्थित सबै माझ बेलैमा बीमा गर्ने सल्लाह दिए ।
तिलोत्तमा नगरपालिका वडा नं ९ का. वडा अध्यक्ष मिसु शाही, नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समितिका सदस्यक विराम अर्याल लगायत वरिष्ठ राजनितिज्ञ, समाजसेवीहरुले संयुक्त रुपमाउक्त रकमको चेक हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष् ाशाहीले यसरी जीवन बीमा कम्पनीले घरघरमै आएर उपचार खर्चदिएको पहिलो पटक थाहा पाएको बताइन । यसरी सिटिजन लाइफले रकम भुक्तानीको लागी अग्रपंक्तिमा काम गरोस् भनी प्रशंसा व्यक्त गरिन ।
प्रतिक्रिया दिनुहोस