
इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा श्रीलङ्काका गिर्जाघर र होटलहरूमा विस्फोटन भएको विवरण प्राप्त भएको छ। बीबीसी सिन्हलाका अनुसार घटनामा कैयौँ मानिसहरू हताहत भएका छन्।
गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएको विवरण प्राप्त भएको छ। नाम उल्लेख नगरिएको एक स्रोतलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले कम्तीमा ८० घाइतेलाई राजधानी कोलम्बोको अस्पतालमा भर्ना गरिएको जनाएको छ। इसाईहरू एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवार इस्टर पर्वमा मनाउँछन्।
बीबीसी
प्रतिक्रिया दिनुहोस