
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडद्धारा चैत २० गतेदेखि चैत २२ गतेसम्म इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय इलाममा ३ (तिन) दिन कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।
उक्त तालिम कार्यक्रममा कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु.प्रवन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षकको रुपमा कार्य गरेका थिए । सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाण पत्रवितरण गरेका थिए । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस