aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सोमबार राधी विद्युत र साञ्जेन जलविद्युतको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
सोमबार राधी विद्युत र साञ्जेन जलविद्युतको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि

काठमाडौं । सोमवार बजार खुलेको दश मिनेटमै राधी विद्युत कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । राधी विद्युत कम्पनीको सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले र साञ्जेन जलविद्युतको ९ दशमलव ६९ प्रतिशतले शेयरमूल्य बढेको हो । 

यस अवधिसम्म राधी विद्युत कम्पनीको प्रतिकित्ता रू. ४४ ले बढेर अन्तिम मूल्य रू. ४८५ र साञ्जेन जलविद्युत कम्पनीको प्रतिकित्ता रू. ४१ ले बढेर अन्तिम मूल्य रू. ४६४ पुगेको हो । सोमवार पनि शेयर बजार दोहोरो अंकले बढीरहेको छ । यस अवधिसम्म नेप्से परिसूचक २० दशमलव ४८ अंक बढेर २ हजार ६७८ दशमलव ०८ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस