aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंककोे १३ औं साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारणसभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ५.२६३२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको सञ्चालक समितिले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का लागि शेयर धनीहरुलाई दिने प्रस्ताव गरेको थियो । 

उक्त साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पास गर्नका साथै २०७७÷७८का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ । साधारणसभा अनलाइनबाट गरिएको बैंकले जनाएको  छ। 

प्रतिक्रिया दिनुहोस