
काठमाडौं । सोमवार साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले २५ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको चैत २३ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस