
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि २०७२ साल मंसिर २५ देखि पुस ३० गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको ३ हजार ३६८ र सर्वसाधारण तर्फको ९ हजार ७४ कित्ता हकप्रद शेयर चैत २३ गते बाँडफाँट गरेको हो ।
बाँडफाँटमा नपरेको शेयर वापतको रकम चैत २६ गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ । आवेदकहरुले बोलपत्रमा उल्लेख गरेको बैंक खाता मार्फतनै शेयर वापतको रकम भुक्तानी गरिने कम्पनीको भनाई छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस