aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पुरानो लाभांश लिन आउन रिलायन्स फाइनान्सको सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ चैत्र २०७७
पुरानो लाभांश लिन आउन रिलायन्स फाइनान्सको सूचना

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष 2०६९/०७० सम्मको लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई आग्रह गरेको छ । उक्त वर्षसम्मको नगद लाभांश बुझिलिन बाँकी रहेकाले पुरानो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्र्नुपर्ने व्यवस्थाका कारण मंगलवार सुचना सार्वजनिक गर्दै एक महिनाभित्र लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको हो ।

 लाभांश लिन बाँकी सदस्यहरुले आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय वि.जे भवन, प्रदर्शनीमार्ग, काठमाडौंमा सम्पर्क गर्न कम्पनीले भनेको छ । अन्यथा उक्त अवधि पश्चात लिन बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस