
काठमाडौं । मंगलवार शेयर बजार दोहोरो अंकले घटिरहेको छ । कारोबारको २५ मिनेटको अवधिसम्म नेप्से परिसूचक १० दशमलव ५७ अंकले घटेको हो । घटेको बजारमा दुई लघुवित्त कम्पनीको शेयरमूल्य भने उच्च दरमा बढेको छ । वोमी लघुवित्त र एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।
यस अवधिसम्म वोमी लघुवित्तको ९ दशमलव ९५ प्रतिशत अर्थात प्रतिकित्ता रू. १६५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ८२३ र एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९३ प्रतिशत अर्थात प्रतिकित्ता रू. १०५ ले बढेर अन्तिम मूल्य रू. १ हजार १६२ कायम भएको हो । यी दुई कम्पनीको शेयर खरिद चाप उच्च हुदाँ मूल्यमा उच्च बृद्धि देखिएको छ ।
प्रतिक्रिया दिनुहोस