
काठमाडौ। ज्योति लाईफ इन्स्योरेन्सको २ करोड २० लाख कित्ता साधारण सेयर (आईपियो) नेप्सेमा सुचिकृत भएको छ । केही हप्ता अघि मात्र सर्वसाधरणमा निश्कासन गरी बाडँफाँड पश्चात कम्पनीको उक्त सेयर आज नेप्सेमा सुचिकृत भएको हो ।
यो प्रकृयासँगै कम्पनीको उक्त सेयर बुधवारदेखी दोस्रो बजारमा किनबेच हुने छ ।जसको लागी कम्पनीको सिम्बोल ‘जेएलआई’ दिइएको छ ।नेप्सेले कम्पनीको पहिलो कारोवारको लागि न्युनतम १२०.२९ रुपैयाँ र अधिकतम ३६०.८७ रुपैयाँ तोकेको छ ।साथै कम्पनीले एनआईसी एशिया व्यापिटललाई सेयर रजिष्ट्रार नियक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस