
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश पारित गरेको छ । मंगलबार भएको कम्पनीको २७ औं साधाणभाले ११.०५ प्रतिशत नगद लाभांश पारित गरेको हो । आर्थिक वर्ष २०७६ ७७ मा कुल बीमा शुल्क १ अर्ब ६९ करोड ७ लाख ४५ हजार आर्जन गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६ ७७ मा ३६ करोड ९९ लाख ४४ हजार खुद नाफा गरेको छ । साथै कम्पनीको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्य र समुह ख अन्तर्गतको प्रतिनिधित्व गर्ने संचालकमा महेन्द्र बहादूर श्रेष्ठ चयन भएको छ ।
प्रतिक्रिया दिनुहोस