aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नारायणी डेभलपमेण्ट बैंकको अवितरित हकप्रद शेयर बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ चैत्र २०७७
नारायणी डेभलपमेण्ट बैंकको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले गत माघ १३ देखि फागुन ३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको ६ हजार ५८३ कित्ता र संस्थापकतर्फको १५ हजार ९७४ कित्ता शेयर चैत ३ गतेदेखि १० गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको थियो । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २० गते विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा फेसबुक मार्फत खोली चैत २४ गते कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो । उक्त शेयर बाँडफाँटमा नपरेको शेयर वापतको रकम चैत २५ गते बुधवारदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिएको समेत कम्पनीले जानकारी दिएको छ ।   
 

प्रतिक्रिया दिनुहोस