
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको लागि पारित गरेको ५ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीको चैत २० गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट १५ प्र्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित भएको थियो ।
बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने बताएको कम्पनीले नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।
यसर्थ हालसम्म शेयर अभौतिकीकरण नगराएका तथा बैंक खाता अद्यावधिक नगराएका शेयधरनीहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५४ लाख ३३ हजारको आधारमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारण सभा प्रयोजनका लागि चैत १० गते एक दिन कम्पनीले बुक क्लोज गरेकोले बुक क्लोजको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । लाभांश प्राप्त गर्न योग्य शेयरधनीहरुले आफ्नो शेयर धितो राखेको हकमा समयमै आफ्नो नगद लाभांश प्राप्त गर्न सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र शेयर रजिष्ट्रारको कार्यालयमा पेश गर्न समेत कम्पनीले अनुरोध गरेको छ । शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस