
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार ३६० रुपैयाँमा म्याचिङ भएको छ । नेपाल स्टक एक्सचेन्जले पहिलो कारोबारका लागि न्युनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसाको रेन्ज दिएको थियो ।
नेप्सेले दिएको अधिकतम रेन्जमै पहिलो कारोबार भएको हो । पहिलो कारोबार ३६० रुपैयाँमा म्याचिङ भए सँगै यहि मूल्यबाट थप घट हुन सक्ने छ । अहिलेसम्म कम्पनीको १०० कित्ता शेयर खरिद बिक्री भएको छ ।मंगलबार नेपाल स्टक एक्सचेन्ज र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बीच प्रति शेयर १०० रुपैयाँको दरमा २ करोड २० लाख कित्ता साधारण शेयर सूचिकरण गर्ने संझौता भएको थियो ।
दोस्रो बजारमा कारोबारका लागि नेप्सेले कम्पनीलाई ‘जेएलआई’ संकेत प्रदान गरेको छ । कम्पनीको आरटिएस ‘धितोपत्र राफसाफ’ को सुविधा भने एनआईसी एशिया क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । कम्पनी शेयर बिक्री गर्ने एक जना पनि छैनन् तर खरिदका लागि भने तीन लाख कित्ता भन्दा धेरैको माग छ ।
प्रतिक्रिया दिनुहोस