
काठमाडौं । बुधवारदेखि धितोपत्र दोस्रो बजारमा ज्योति लाईफ इन्स्योरेन्सको शेयर कारोबार खुला भएको छ । कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. ३६० देखि खुलेको हो । कारोबारको दोस्रो घण्टाको अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले बढेर अन्तिम मूल्य रू. ३८१ पुगेको छ । यो दिन कम्पनीको शेयर खरिद चाप उच्च रहेको छ ।
यस अवधिसम्म कम्पनीको २३ लाख ४६ हजार २५ कित्ता शेयर खरिद आदेश रहेको छ भने विक्री कर्ता देखिएका छैनन् । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १२० दशमलव २९ र ३६० दशमलव ८७ तोकेको थियो ।
प्रतिक्रिया दिनुहोस