aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अजोड इन्स्योरेन्सले स्थगित गर्यो हकप्रद शेयरको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ चैत्र २०७७
अजोड इन्स्योरेन्सले स्थगित गर्यो हकप्रद शेयरको प्रस्ताव

 काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव स्थगित गरेको छ । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम आगामी साधारण सभाका लागि तय गरिएको हकप्रद शेयर निष्कासनको प्रस्ताव स्थगित गरेको हो । 

कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितीको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा गर्ने निर्णय गरेको थियो ।

बीमा समितीले चैत २३ गते कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव स्थगित गर्न निर्देशन दिएको जानकारी कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ । कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितीको आकस्मिक बैठकले पूँजी वृद्धि तथा हकप्रद शेयर जारी गर्ने प्रस्ताव हाललाई स्थगित गर्ने निर्णय गरेको जानकारी समेत उक्त सुचनामा गराईएको छ ।
 
कम्पनीको हकप्रद शेयर सुचना सार्वजनिक हुनुअघि नै अस्वभाविक रुपले शेयर मूल्य बढेपछि आम लगानीकर्ताहरु भित्रि कारोबारको आरोप लगाउँदै विरोधमा उत्रिएका हुन । चौतर्फि विरोधपछि नियामक निकाय बीमा समितिले अजोडलाई हकप्रद शेयर निष्कासन प्रस्ताव स्थगित गर्न निर्देशन दिएको हो ।
 

प्रतिक्रिया दिनुहोस