aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ज्योति लाईफ इन्स्योरेन्सको शेयर खरिद माग सबैभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ चैत्र २०७७
ज्योति लाईफ इन्स्योरेन्सको शेयर खरिद माग सबैभन्दा बढी

काठमाडौं । बुधवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको ज्योति लाईफ इन्स्योरेन्सको शेयर खरिद माग सबैभन्दा बढी रहेको छ । दोस्रो कारोबार दिन बिहीवार कारोबारको एक घण्टाको अवधिसम्म १२ हजार ५०० जनाबाट १५ लाख ८३ हजार ७०८ कित्ताको शेयर खरिद माग भएको हो । 

खरिद चाप उच्च हुदाँ कम्पनीको शेयरमूल्य पनि उच्च दरमा बढेको छ । यस अवधिसम्म कम्पनीको शेयरमूल्य ९ दशमलव ०२ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. ४२३ पुगेको हो । कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. ३६० देखि खुलेको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १२० दशमलव २९ र ३६० दशमलव ८७ तोकेको थियो । 
 

प्रतिक्रिया दिनुहोस