घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड (Ghodighoda Laghubitta Bittiya Sanstha Ltd.) को आईपीओ असार २० गतेदेखि निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीको शेयर न्युनतम कित्ता १० देखि अधिकतम १००० कित्तासम्म आवेदन दिन सकिनेछ ।
यसमध्ये शुन्य दशमलव ५५ अर्थात १ हजार ३८० कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ६ हजार ६३० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
घोडीघोडाको आईपीओ निष्काशन बन्द छिटोमा असार २५ गते र ढिलामा साउन १९ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।
घोडीघोडाले आईपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख रुपैयाँ पुर्याउनेछ ।
प्रतिक्रिया दिनुहोस