aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ चैत्र २०७७
तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकियो

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकेको छ ।स्याउ, केरा, करेला, भान्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा (म्याक्सिमम रेजिड्यु लिमिट) तोकिएको हो ।

गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि राजपत्रमा सूचना प्रकाशित भएर कार्यान्वयनमा आएको बिभागले जनाएको छ । विभागका अनुसार नयाँ मापदण्डले आयातित र स्वदेशी तरकारी तथा फलफूललाई समेट्ने छ ।

विभागले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार स्याउ र केरा गरी दुई प्रकारका फलफूल, भन्टा, करेला, काउली, बन्दा, आलु, भिन्डी र गोलभेंडा गरी सात वटा तरीकार एउटा चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा तोकिएको छ ।

नयाँ मापदण्डअनुसार केरामा ४२, स्याउमा २७, भन्टामा २१, करेलामा १, बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकिएको छ । यस्तै आलुमा ७१, काउलीमा १३, भिण्डीमा ३ र गोलभेंडामा ७४ तथा चियामा १९ वटा अवशेषको अधिकतम सीमा निर्धारण भएको छ ।
उल्लेखित सीमाभन्दा बढी मात्रामा विषादी प्रयोग गरेको पाइए खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ । यस्तै आल्मोन्ड्स, बदाम, हेजलट्स, ब्राजिलनट्स, पिस्ता, दूध र स्याउको जुसको माइकोटक्सिनको अधिकतम सीमा पनि विभागले थप गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस