aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बीएफआईएनले सर्वसाधारणलाई आईपीओ जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ चैत्र २०७७
बीएफआईएनले सर्वसाधारणलाई आईपीओ जारी गर्ने

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। सो कम्पनीले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई विक्री गर्ने भएको हो ।

 उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा।विनोद आत्रेय र एनआईसी एशिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले बिहीवार एनआईसी एशिया क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।विक्री प्रबन्धकको नियुक्तिसँगै शेयर विक्री गर्ने घोषणा गरिएको हो ।कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर विक्री गर्न लागेको कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस