
काठमाडौं । पुष्पलाल(मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिमले पाँच वटा ठेकदार कम्पनीको ठेक्का रद्द गर्न स्पष्टिकरण माग गरेको छ । पुष्पलाल (मध्य पहाडी) राजमार्गको विभिन्न क्षेत्रको काम गर्न ठेक्का दिएका ५ वटा ठेकदार कम्पनीलाई कार्यालयले ठेक्का किन नतोड्ने भनेर सूचना जारी गरेको हो । कम्पनीहरुले सात दिनभित्र किन ठेक्का रद्द नर्गे भन्ने चित्त बुझ्दो कारण पेश गर्न कार्यालयले भनेको छ ।
भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धसाई जेभी काठमाडौंका तीन वटा विभिन्न मितिका सम्झौता अनुसारको काम नगरेकाले ठेक्का रद्द गर्न नपर्ननाको कारण सहित स्पष्टि करण दिन सूचना जारी गरेको छ ।
जेभी गरिएको उक्त कम्पनीले २०७७ प्ुष २२ गते,२०७७ मंसिर २३ गते र २०७७ पुष २५ गतेसम्म सक्न पर्ने काम नगरेकाले ठेक्का सम्झौता रद्द गर्न नपर्ननाको कारण सहित स्पष्टि करण दिन सूचना जारी गरेको छ ।
त्यस्तै, श्री सप्तकोशी जलाधार निर्माण कम्पनी काठमाडौंले २०७३ मा लिएको ठेक्का २०७८ जेठ २३ गते सक्न पर्ने कामको बारेमा जानकारी कार्यालयले माग गरेको छ । त्यस्तै, विरुवा÷गाल्वा÷ जेभी काठमाडौंले २०७४ जेठ ३१ गते लिएको ठेक्का २०७८ जेठ ३ गतेसम्म सक्न पर्ने योजनाका बारेमा जानकारी माग्दै कार्यालयले सूचना जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस