aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ज्योति लाईफद्वारा भक्तपुर नगरपालिकका कर्मचारीको मृत्‍यु दावी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ चैत्र २०७७
ज्योति लाईफद्वारा भक्तपुर नगरपालिकका कर्मचारीको मृत्‍यु दावी भुक्तानी

काठमाडौं । ज्योति लाईफ इन्सुरेन्सद्वारा भक्तपुर नगरपालिकाका कर्मचारी स्व रामकृष्ण नायजुको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापतको  पाँच लाख पचास हजार रकम स्व नायजुका रमा नायजुलाई चैत २५ गते प्रदान गरेको छ । स्व नायजुको २०७७ फाल्गुन २४ गते अकस्मात निधन भएको थियो । 

नगरपालिकाका कर्मचारीहरु कुनै पनि आकस्मिक वा बिपदको परिस्थितीमा पनि निरन्तर सेवामा रहने हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीमा गरिएको थियो ।

 ज्योतिलाईफले आफ्नो स्थापना देखी नै बिभिन्न कार्यलयमा काम गर्ने कर्मचारीको आवश्यकता एवम बजेटको आधारमा  बिभिन्न सुबिधा लिन मिल्ने गरी कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा योजनाको सेवा बिक्री गर्दै आएको छ । 

ज्योति लाईफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकमा राखेको छ । भक्तपुर नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतीले भक्तपुर नगरपालिका तथा ज्योति लाईफका पदाधिकारीको उपस्थितिमा बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गर्नु भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस