aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

२५ लाख पर्ने बेनालीको ६ स्पीडको गियरबक्स भएको मोटरसाइकल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ चैत्र २०७७
२५ लाख पर्ने बेनालीको ६ स्पीडको गियरबक्स भएको मोटरसाइकल

काठमाडौं । नेपाली बजारमा लोकप्रिय मोटरसाइकल बेनेलीले नयाँ बर्षका लागि नयाँ उपहार ल्याएको छ । कम्पनीले मोटरसाइकल पारखीको लागि नयाँ मोटरसाइकल सार्वजनिक गरेको जनाएको छ । इन्ट्री लेवल कारभन्दा पावरफुल इन्जिन भएको नयाँ मोटरसाइकल ‘७५२ एस’को नेपालमा विक्री गरेको हो ।

नेपालका लागि बेनेली मोटरसाइकलको आधिकरिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ हो  । इटालियन मोटरसाइकल निर्माता कम्पनी बेनेलीको मिडसाइज नेकेड मोटरसाइकल ७५२ एसमा ७५० सीसी डबल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिइएको छ ।

जसले ८५०० आरपीएमा ७६ हर्सपावर र ६५०० आरपीएममा ६७ एनएम टर्क जेनेरेट गर्ने कम्पनीको दावी छ । यसले प्रदान गर्ने पावर धेरै इन्ट्री लेवल कारभन्दा धेरै हो । ६ स्पीडको गियरबक्स फ्रन्टमा अपसाइड डाउन फर्क र रियरमा एड्जष्टएबल मोनोशक सस्पेन्सन , फ्रन्टमा ३२० एमएमको डबल डिस्क र रियरमा २६० एमएमको फोर पिस्टन क्यालिपर ब्रेक बिशेषता रहेको छ ।

त्यस्तै १७ इन्च आल्मुनियम अलाय रिम, १७ इन्च टायर,१४ लिटर क्षमताको फ्युल ट्याङक, अटोमेटिक चेन्ज हुने टीएफटी डिस्प्ले, एलएडी हेडल्याम्प, एबीएस जस्ता फिचर दिइएको कम्पनीले जनाएको छ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य २५ लाख १५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस