
काठमाडौं । भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एंडसं प्रालिले शनिबार भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटेबी चसम्म ‘कस्टोमर रिक्रियसन राइड’ गराएको छ ।
उक्त राइडमा १०० जना ग्राकहरुले भाग लिएको आयोजकले जनाएको छ । ग्राहकलाई एकैठाउँमा जोडेर आत्मीयता बढाउन राइडस सफल भएको दुगड ब्रदर्स एंडसं प्रालिका उपाध्यक्ष विजय महतोले बताए । ‘ग्राहकबीच अन्तर क्रिया राउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्य सहित राइड आयोजना गरेको उनले बताए ।
भेष्पा प्रिमियम प्रडक्ट हो । भेष्पा ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको महतो दावी गर्छन् । राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटेवीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।
राइडमा सहभागी सम्पूर्ण ग्राहकहरु खुसीभएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले जानकारी दिइन् । ‘प्रिमियम प्रडक्ट प्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको छ,’ उनले भनिन, ‘प्रिमियम प्रडक्ट मनपराउने ग्राहकको पहिलो रोजाई नै भेष्पा हो ।’
प्रतिक्रिया दिनुहोस