
काठमाडौं । गोर्खाज फाईनान्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा वैशाख २१ गते हुने भएको छ । कम्पनीको चैत २६ गतेको सञ्चालक समितिको बैठकले अम्रपाली ब्याङ्केट, भाटभटेनी, काठमाडौंमा विहाख ११ बजे सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउँनेछ । साथै, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाछ तीन जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ ।
कोभिड जोखिमलाई ध्यानमा राखी कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ । सभा प्रयोजनका लागि वैशाख ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् ।
यस कम्पनीले आर्थिक वर्ष ०७१÷७२ मा ७ प्रतिशत बोनस शेयर वितरण गरेदेखि लाभांश वितरण गरेको छैन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रू. ७४ करोड ३ लाख ६० हजार रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. १७ करोड ३ लाख ५५ हजार खुद नाफा गरेको छ ।
हाल यस कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. ३९ दशमलव २५ रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १८५ दशमलव २१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस