aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

रनर मोटरसाईकलमा २१,००० सिधै नगद छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ चैत्र २०७७
रनर मोटरसाईकलमा २१,००० सिधै नगद छुट

काठमाडौं । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले नेपाली नयाँ वर्षलाई लक्षीत गरी ’नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ । कोरोनाको लामो कहर पछी केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई तप उर्जा प्रदान गर्न रमण मोटर्सले प्रतेक रनर मोटरसाईकलको खरिदमा सिधै नगद रु २१,००० छुत दिने भएको छ ।

यती मात्र न भई प्रतेक मोटरसाईकलको खरिदमा २० फ्रि सभ्रिसिङ्ग का साथै सर्वाधिक ६ वर्ष सम्मको वारेन्टी दिने भएको छ । साथै कुनैपनी पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरिने छ ।

हाल रमन मोटर्सले जम्मा रु ११०,००० पर्ने कम मुल्यका ८० सि सि देखी २०० सि सि सम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको र दिन दिनै बजार बढ्दै गएका बताउँछन उक्त कंपनीका बिजनेस डेभलेप्मेन्ट हेड सन्तोष न्यौपाने ।

पछिल्लो समय ग्रहाकले रनर का सबैजसो मोडलमा रुची राखेका छन भने रनर हक २०० सिसि को अफ रोड मोटरसाईकल लाई अत्याधिक मन पराईको न्यौपाने बताउँछन ।

प्रतिक्रिया दिनुहोस