aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ चैत्र २०७७
आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने चैत ३१ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले यस वर्ष ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव पारितका लागि कम्पनीले बैशाख १२ गते २३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । उक्त सभा प्रयोजनका लागि बैशाख २ गतेदेखि बुक क्लोज गर्ने भएकाले चैत ३१ गतेसम्म शेयर सुरक्षित गर्नुपर्ने भएको हो । बुधवार नयाँ वर्षको सार्वजनिक विदाको कारण नेप्से बन्द हुनेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८ करोड १८ लाख ३६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । बोनस पछि कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले सभाका लागि तय गरेको छ । साथै, कम्पनीको चुक्तापूँजीको अनुपात संस्थापकतर्फ ६० प्रतिशत छ । 

 सर्वसाधारणतर्फ ४० प्रतिशत रहेकोमा त्यसलाई संशोधन गरि संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने गरी प्रबन्धपत्र संसोधनको स्वीकृति पनि सभाले दिनेछ । गत वर्ष ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३१ प्रतिशत नगद लाभांश सहित ६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष बढाएर लाभांश दिन लागेको हो । 

प्रतिक्रिया दिनुहोस