
काठमाडौं । सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई आईपीओ विक्रीको लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) ले अनुमति दिएको छ । कम्पनीलाई २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न बोर्डले बैशाख २ गते अनुमति दिएको हो ।
२०७४ साल असार २७ गते बोर्डमा आईपीओका लागि निवेदन दिएको कम्पनीले करिब ४ वर्षमा आईपीओ विक्रीको अनुमति पाएको हो । यो आईपीओ विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस