aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रोजगारी सिर्जनामा धागो उद्योगको भूमिकाबारे कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ बैशाख २०७८
रोजगारी सिर्जनामा धागो उद्योगको भूमिकाबारे कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल धागो उत्पादक संघ रोजगारी सिर्जनामा उद्योगको भूमिकाबारे कार्यक्रम गरेको छ । बिहिबार एक कार्यक्रममा उपस्थित भई सीप र धागो उत्पादक संघको साझेदारीले हासिल गरेको प्रभावको बारेमा छलफल भएको हो । 

नेपालका लागि बेलायती राजदूत निकोला पोलिट् तथा नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यान, यूके एडको सहयोगमा सञ्चालित रोजगारीका लागि सीप कार्यक्रम (सीप)ले आयोजना गरेको एक कार्यक्रममा उपस्थित भई सीप र धागो उत्पादक संघको साझेदारीले हासिल गरेको प्रभावको बारेमा जानकारी लिए । 

साथै धागो उद्योगको रूपान्तरण तथा दिगो रोजगारी सिर्जनाको लागि लिनुपर्ने बाटोको बारेमा पनि विचार विमर्श गरे । नोभेम्बर २०१९ देखि सुरु भएको धागो उत्पादक संघ र सीपको बहु कारखाना साझेदारीले ४ हजार  व्यक्तिहरुलाई रोजगारसँग सम्बन्धित गुणस्तरीय सीप विकास तथा रोजगारीको अवसर प्रदान गरेको छ । 

साथै उक्त साझेदारीले त्रिवेणी स्पिनिङ मिल, जगदम्बा स्पिनिङ मिल, रिलाएन्स स्पिनिङ मिल, ट्राईकोट इन्डष्ट्री तथा जय स्पिनिङ मिलका कारखानाको क्षमतामा सुधार ल्याएको छ । नेपालका लागि बेलायती राजदूत पोलिट्ले भने, “उद्योगहरूमा रहेको श्रमशक्ति तथा उत्पादकत्वमा रहेका खाडलहरुलाई रणनीतिक रूपमा पूर्ति गर्न हाम्रा संयुक्त पहलहरू सफल भएकोमा हामी गौरवान्वित छौँ ।” 

यस कार्यक्रममा रामचन्द्र संघाई, विष्णु न्यौपाने, अभीक ज्योति, अक्षय गोल्यान तथा शक्ति गोल्यान जस्ता धागो उद्योगका प्रमुख उद्योगीहरु पनि सहभागी रहेको थिो । यही कार्यक्रममा नै धागो उद्योगको नेतृत्वमा पाँचओटा पदहरुको लागि तयार भएको पाठ्यकम्रको यस कार्यक्रममा सुरुवात गरिएको छ ।

सुधार गरिएको र मानक बमोजिम बनाइएको पाठ्यक्रम कारखानाहरूको सुझाव र प्रतिक्रियामा सह विकास तथा परिष्कृत गरिएको थियो । यस पाठ्यक्रमका अलावा प्रशिक्षकको क्षमता र पूर्वाधारमा भएको सुधार तथा कारखानामा हुने प्रक्रियालाई छरितो बनाउँदा उद्योगमा उत्पादकत्व तथा रोजगारी सिर्जना गर्नको लागि वातावरण बनाउने तथा त्यसलाई दिगो राख्ने काम सुनिश्चित गर्न सक्छ ।  
 

प्रतिक्रिया दिनुहोस