
काठमाडौं, वैशाख ८ । काठमाडौंबाट मनकामना जाँदै गरेको बा४ख १४१५ नम्बरको मिनिबस आज विहान बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङकोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभए पनि दुई दर्जनभन्दा बढी यात्रु घाइते रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस