aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश गत वर्षभन्दा यस वर्ष बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश गत वर्षभन्दा यस वर्ष बढी

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको भन्दा यस वर्ष बढी लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७५/७६ को सञ्चित मुनाफाबाट ८ दशमलव १२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४०६ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो ।

 हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १४ करोड १८ लाख रहेको छ । सोही पूँजीको आधारमा रू. ११ करोड ४१ लाख ८० हजार बराबरको लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । कम्पनीको बैशाख २ गतेको सञ्चालक समितिले गरेको लाभांश प्रस्ताव बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस