aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जनउत्थान सामुदायिक लघुवित्तको ५२ प्रतिशत लाभांश बैशाख ३० गते पास हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ बैशाख २०७८
जनउत्थान सामुदायिक लघुवित्तको ५२ प्रतिशत लाभांश बैशाख ३० गते पास हुने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ३० गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न होटल न्यू ईरा, बुटवल, रुपन्देहीमा विहान ११ बजे सभा बोलाएको हो । 

सभाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ५२ प्रतिशत लाभांश पनि पारित गर्नेछ । कम्पनीको माघ १९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ४९ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ६० प्रतिशत गरी कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड ९२ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । बोनस पश्चात कम्पनीको पूँजी परिवर्तन हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन समेत सभाले गर्नेछ । 

साथै कम्पनीले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेबारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । कम्पनीले कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

यस वर्ष कम्पनीले गत वर्षभन्दो करिब दोब्बर लाभांश वितरण गर्न लागेको हो । गत वर्ष २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस