
काठमाडौं । साताको पहिलो दिनदेखि घटेको बजार मंगलवार पनि घटिरहेको छ । कारोबारको १० मिनेटको अवधिसम्म नेप्से परिसूचक १२ दशमलव ३८ अंक घटेर २ हजार ६४९ दशमलव ५५ विन्दुमा झरेको हो । घटिरहेको बजारमा ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य भने ९ दशमलव ९६ प्रतिशत बढेको छ ।
यस अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६८ ले बढेर अन्तिम मूल्य रू. ७५१ पुगेको हो । यो दिन सर्वाधिक खरिद माग रहेको कम्पनी पनि ज्योति लाईफनै रहेको छ । दश मिनेटको कारोबार अवधिसम्म ३ हजार ९० ओटा अर्डरबाट कम्पनीको ६ लाख ८२ हजार ३२५ कित्ता शेयर खरिद माग रहेको छ ।
प्रतिक्रिया दिनुहोस