
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ प्रतिशत बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ३ लाख ९२ हजार ४ कित्ता शेयर सूचीकृत गराएको हो । बुधवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस