aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल विद्युत प्राधिकरणमा खुल्यो नयाँ जागिर (विज्ञापनसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
नेपाल विद्युत प्राधिकरणमा खुल्यो नयाँ जागिर (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ कर्मचारी भर्नाको लागि विज्ञापन आह्वान गरेको छ । प्राधिकरणले अधिकृत तथा सहायकस्तरमा रिक्त रहेका पदका लागि नयाँ विज्ञापन आह्वान गरेको हो । 

प्राधिकरणले दशौं तहको लागि प्राविधिक तर्फ ३ जना, नवौं तहमा ५ जना, आठौं तहमा ३ जना, सातौ तहमा एक सय जनाको लागि नयाँ विज्ञापन आह्वान गरेको छ । सातौ तहमा सबैभन्दा बढी सिभिल ईन्जिनियरिङको लागि दरखास्त आह्वान गरेको छ । त्यस्तै तह ५ देखि तह ३ सम्मका लागि विज्ञापन खोलेको हो । 

परीक्षाको मिति र समय भने पछि प्रकाशित गरिने जनाएको छ । प्राधिकरणका केन्द्रीय तथा क्षेत्रिय कार्यालयहरुमा दरखास्त दिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस