
काठमाडौं । सरकारले विषादी परीक्षण पूर्वाधार निर्माण गर्नका लागि विनियोजन गरेको बजेट अनुसार अझै काम भएको छैन् । चालु आर्थिक वर्षमा विषादी परीक्षण पूर्वाधार निर्माणका लागि १९ करोड रुपैयाँ बजेट विनियोजना गरेको थियो । उक्त बजेटमध्ये चालु आर्थिक वर्षको दश महिनामा ९ करोड रुपैयाँ बराबरको काम गर्न बाँकी रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
गत आर्थिक बर्ष २०७६÷७७मा २१ करोड रुपैयाँ बजेट विषादी परीक्षण पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको थियो । गत वर्षको बजेट पुरै फ्रिज हुनगएको हो । खर्च गर्न नसक्ने अवस्था आएपछि रकम फिर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकुमार महर्जनले बताए ।
विश्वमै फैलिएको कोभिड–१९ का कारणले ठेक्का प्रकृयासंगै कामलाई अगाडी बढाउन नसकेका कारण बजेट खर्च गर्न नसकिएको उनको भनाई छ । अब विभागले उक्त परीक्षण प्रविधि भित्राउने काम चेक पोष्ट क्वारेन्टाइनलाई दिने गरी कार्यक्रम संशोधनका लागि पठाएको प्रवक्ता महर्जनले बताए ।
उक्त संशोधन भए लगतै क्वारेन्टाईबाट आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले उक्त विषादी परीक्षण प्रविधिको जडान गर्ने छ । विषादी परीक्षणका लागि नयाँ खालको स्क्रिन टेष्ट सामग्री किनिने र स्क्रिन टेष्टका लागि टेष्ट किट खरिद गरिने मर्हजनले बताए । विभागले पहिलेको प्रविधि परिमार्जन गरेर टेष्ट किट किनेर स्क्रिन टेष्ट सामग्रीखरिद गरिने छ, त्यसबाट विषादी परीक्षण गर्ने जानकारी दिए ।
सरकारले विदेशबाट आयात हुने तरकारी, फलफूल लगायत वस्तुको विषादी परीक्षण गरेर मात्रभित्र्याउन निर्णय गरेको छ । विभागले विषादी परीक्षण पूर्वाधार निमार्णगर्न नसक्दा केन्द्रिय कृषि प्रयोगशाला अन्र्तगतको आरबीटीआरबाट टेष्ट भइरहेको छ । अहिले केन्द्रमा टेष्ट भईरहेको छ, बाहिरको अहिले जनशक्ति नभएको कारण टेष्ट गर्ने पूर्वाधार नभएको उनको भनाई छ । भन्सार विभागले नेपालका १२ नाकाबाट आयात–निर्यात गर्ने गर्दछ । तर, तरकारी र फलफूलको विषादी अवशेष भने केन्द्रीय कृषि प्रयोगशालाले जम्मा सात ठाउँमा परीक्षण गर्दै आएका छ ।
प्रतिक्रिया दिनुहोस