काठमाडौं । निम्बस होल्डिङ कम्पनीको सहायत कम्पनी निम्बस कोल्डस्टोरेज कम्पनीले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । करिब ८ करोड बराबरको आईपीओ जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको निम्बस होल्डिङका प्रबन्ध निर्देशन आनन्द बगरीयाले बताए ।
उनले भने, ‘निम्बस होल्डिङ कै सहायक कम्पनी निम्बस कोल्डस्टोरेजको आईपीओ दुई महिना भित्रमा जारी गर्ने गरि तयारी गरिरहेका छौं । यस संस्थामा विभिन्न संस्थागत लगानीकर्ताहरु पनि भएको हुनाले आईपीओ जारी गर्नु अनिवार्य जस्तै हो । त्यसैले यस ग्रुपको आईपीओ जारी गर्ने यो पहिलो कम्पनी हुनेछ ।’
त्यस्तै, यता बजारमा गोल्डस्टार कम्पनीको आईपीओ आउने हल्ला चलेपनि यसको आईपीओ तत्काल नआउने भएको छ । गोल्डस्टार कम्पनीको प्रबन्ध निर्देशक विदुषी राणाले गोल्डस्टार कम्पनीले तत्काल आईपीओ जारी गर्ने कुनै पनि तयारी नगरेको बताइन् । उनले भनिन्, ‘व्यापारमा थप लगानी र ठुलो कम्पनी बनाउनका लागि लगानी त आवश्यक पर्छ । गोल्डस्टारले पनि चार पाँच वर्ष पछि मात्रै सर्वसाधरणका लागि आईपीओ जारी गरेर लगानी जुटाउने योजना चाँही बनाएको छ । बजारमा हल्ला चलेजस्तो तत्कालै चाँही आईपीओ जारी गर्दैनौँ ।’
प्रतिक्रिया दिनुहोस