aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

बजाजको बाइक किन्दा साफिले पाए १० लाख उपहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
बजाजको बाइक किन्दा साफिले पाए १० लाख उपहार

काठमाडौं । हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि ल्याएको बजाज शून्य अफरबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जिति सकेका छन् । यति मात्र होइन माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटो मोबाइल, जनकपुरबाट बजाजको पल्सर १५० बाइक खरिद गर्दा ६ वटा शून्य प्राप्त गरी १० लाख जितेका हुन् । 

यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नु पनेछ । यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नेछन् ।

अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि १० हजार निश्चितरुपमा प्राप्त गर्न सक्नेछन् । यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस