
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने बैंशाख ९ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारितका लागि कम्पनीले बैशाख २२ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभा प्रयोजनका लागि बैशाख १० गते एक दिन बुक क्लोज गर्ने मिति कम्पनीले तोकेका छ । यस आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड २४ लाख १६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ६ दशमलव ५८ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस