aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

स्मार्ट र दिगो विद्युतीय यातायातका लागि हीरो मोटोकर्प र गोगोरोबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० बैशाख २०७८
स्मार्ट र दिगो विद्युतीय यातायातका लागि हीरो मोटोकर्प र गोगोरोबीच सम्झौता

काठमाडौं । हीरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई गति दिनका लागि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हीरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ । भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफार्म ल्याउन दुवै कम्पनीहरूले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ र हीरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतय सवारी साधन विकासमा सहकार्य गर्नेछन् ।

नयाँ साझेदारीको बारेमा टिप्पणी गर्दै हीरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जालले भने, “गोगोरोसँगको हाम्रो रणनीतिक साझेदारी हाम्रो दृष्टिकोण ‘गतिशीतला (मोबिलिटी)को भविष्य बन्ने’ अनुरूप छ, जुन हामी आफ्नो लक्ष्य ‘सिर्जना, सहकार्य र प्रेरणा’ मार्फत् जीवन्त तुल्याउँदैछौं । आज हाम्रो यात्राको अर्को महत्वपूर्ण कोशेढुंगा कायम भएको छ, जसरी हाम्रो विश्वव्यापी आकार र इनोभेसन पावरहाउससहित हामीले हीरोलाई टु व्हीलरमा अग्रणी तुल्याएका छौं, त्यसरी नै स्वापिङ व्यावसायिक मोडलमा गोगोरोले वर्षौंदेखि ताइवान र बाँकी विश्वका देशहरुमा अग्रणी प्रदर्शन गर्दै आएको छ ।”

“यो साझेदारीले हाम्रो अनुसन्धान र विकास (आरएन्डडी) हबहरू जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीको हाम्रो टेक सेन्टरमा गरिरहिएका कामलाई थप विस्तार गर्नेछ । हीरो र गोगोरोको दृष्टिकोण र प्रतिबद्धता भारत तथा विश्वभर स्मार्ट, दिगो इलेक्ट्रिक मोबिलिटीको परिवर्तनलाई गति लिने साझा लक्ष्यको पूर्ण अनुरुप छ ।  यस नयाँ साझेदारीको साथ पहिले भारतमा र त्यसपछि विश्वका अन्य बजारहरूमा हामी दिगो मोबिलिटीको सुरुवात गर्न प्रतिबद्ध छौं । यो साझेदारीले भारत सरकारको विद्युतीकरण अभियानलाई सबल र तीब्र बनाउनेछ तथा भारतको ऊर्जा र गतिशीलता (मोबिलिटी)को भविष्यमा महत्वपूर्ण प्रभाव पार्नेछ,” उनले भने ।

“हामी सहरी गतिशीलता र स्मार्ट सहरहरूको विकासको रूपान्तरणको एक महत्वपूर्ण चरणमा छौं ।  भारतमा २२ करोड ५० लाख भन्दा बढी ग्यासद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय ईन्धनको आवश्यकता छ,” गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले भन्नुभयो, “हीरो–गोगोरो साझेदारीले यी चुनौतीहरूलाई सम्बोधन गर्छ  तथा स्मार्ट सवारी साधन उपलब्ध गराउने गोगोरोको अग्रणी औद्योगिक नवप्रवर्तन र गोगोरो नेटवर्कको ब्याट्री स्वापिङयुक्त नवीकरणीय ऊर्जाले हीरोको बजार सबलतालाई लाभ प्रदान गर्नेछ ।”

गोगोरो नेटवर्क एक हाइपर–इफिसियन्ट ब्याट्री स्वापिङ प्लेटफर्म हो जुन फ्रस्ट एन्ड सुलिभानले ‘ग्लोबल स्वापेबल ब्याट्री इलेक्ट्रिक स्कुटर मार्केट’को सन् २०२० मा  कम्पनी अफ द ईयर अवार्ड सम्मानित भएको  छ । ३७५००० भन्दा बढी सवारी चालक (राइर्डर्स)  र २,००० ब्याट्री स्वापिङ स्टेशनहरूको साथमा गोगोरो नेटवर्कले दैनिक २६५००० ब्याट्री स्वाप गर्दछ, आजको मितिसम्म यसले १७ करोड ४० लाखभन्दा बढी ब्याटरी स्वाप गरिसकेको छ ।

गोगोरो नेटवर्क बैटरी स्वापिङ र स्मार्ट मोबिलिटी सेवाहरूको लागि खुला प्लेटफर्म हो, जसले लिगेसी ईन्धनको नयाँ विकल्प प्रदान गर्दछ । गोगोरो नेटवर्कले कनेक्टिविटी, आर्टिफिसियल इन्टेलिजन्स र मेसिन लर्निङको शक्ति संयोजन गर्दछ जसले ‘स्वापेबल ब्याट्री रिफ्युलिङ’को नयाँ पुस्ता सिर्जना गर्दछ जुन स्मार्ट, मापनीय हो भने मानिस, समुदाय र व्यवसायहरूको लागि ओजस्वी तथा बहुउपयोगी बन्नको लागि यसले निरन्तर आफूलाई अनुकूलित गर्दै आएको छ ।

गोगोरो नेटवर्क प्रोग्रामद्वारा सञ्चालित, गोगोरोको सवारी साधन साझेदारहरूलाई गोगोरो नवप्रवर्तन र बौद्धिक सम्पत्तिमा पहुँच प्रदान गर्दछ, जसमा इन्टेलिजेन्ट ड्राइभट्रेन्स र कन्ट्रोलरहरू, कम्पोनेन्टहरू र स्मार्ट सिस्टमहरू सामेल छन्, ताकि तिनले गोगोरो नेटवर्क ब्याट्री स्वापिङलाई एकीकृत गर्ने अद्वितीय इलेक्ट्रिक सवारी साधनहरू विकास र बजारमा ल्याउन सकुन् ।

भारतको नयाँ दिल्लीमा केन्द्रीय कार्यालय रहेको हीरो मोटोकर्प, एक वर्षमा एकल कम्पनीले विक्री गरेको एकाईका आधारमा विश्वको मोटरसाइकल र स्कूटरको सबैभन्दा ठूलो निर्माता हो, यो स्थान लगातार २० वर्षदेखि कायम छ । कम्पनीले सुरुवातदेखि कुल सञ्चित १० करोड (१०० मिलियन)भन्दा अधिक मोटरसाइकल र स्कूटर बिक्री गरेको छ ।  हीरो मोटोकर्पले हाल एसिया, अफ्रिका, मध्य पूर्व र दक्षिण र मध्य अमेरिकाभरि ४० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ । हीरो मोटोकर्पसँग आठ अत्याधुनिक उत्पादन सुविधाहरू छन् । 

जसमध्ये भारतमा छ वटा र कोलम्बिया र बंगलादेशमा एक–एक वटा छन् ।  हीरो मोटोकर्पसँग दुई विश्वस्तरीय, अत्याधुनिक आरएन्डी सुविधा छन्–उत्तरी भारतको राजस्थानमा सेन्टर अफ इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीस्थित हीरो टेक सेन्टर जर्मनी जीएमबीएच । हीरो मोटोकर्प फुटबल, फिल्ड हक्की, क्रिकेट, गल्फ र मोटर्सस्पोट्र्स सहित विभिन्न विषयका खेलकूदहरूको सबैभन्दा ठूलो कर्पोरेट प्रवर्धनकर्ता हो । पन्ध्र पटकका मुख्य उपाधि विजेता टाइगर वुड्स हीरोको ग्लोबल कर्पोरेट पार्टनर हुन् ।

प्रतिक्रिया दिनुहोस