काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गर्ने आईपीओलाई इक्रा नेपालले ग्रेड २ रेटिङ प्रदान गरेको छ । कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओ जारी गर्न इक्रा रेटिङ गराएको हो । ग्रेड २ रेटिङले कम्पनीको आधारभूत पक्ष राम्रो रहेको देखाउँछ । कम्पनीको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस