aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबको प्रायोजकमा किया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० बैशाख २०७८
नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबको प्रायोजकमा किया

काठमाडौं । किया नेपालले ‘नेपाल सुपर लिग २०२१’ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ ।  नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो । जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फम्र्याटमा खेलिन्छ । नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो । यो बैशाख ११ देखि बैशाख २५ सम्म काठमाडौंमा हुने तय भएको छ । 

किया सधैं खेलको दुनियाँसँग जोडिँदै आएको छ । किया विभिन्न टुर्नामेन्टहरुलाई सफल बनाउन मुख्य प्रायोजकको भूमिकामा सहभागी हुँदै आएको कम्पनी पनि हो । किया अस्ट्रेलियन ओपन, फिफा वल्र्ड कपमा अफिसियल अटोमोटिभ पार्टनर, विश्वकै सबैभन्दा ठूलो प्रोफेसनल फुटबल क्लब तथा युरोपका ५४ मुलुक सहभागी हुने प्रतिस्पर्धा युइएफए युरोपा लिग, नेशनल मोटरस्पोर्टस जस्ता खेलहरुमा आबद्ध छ ।  

त्यसैगरी, किया नेपाल पनि नेपाल सुपर लिगले नेपाली फुटबललाई माथि उकास्न मद्दत गर्नेमा विश्वस्त छ । यो कम्पनी फुटबलको विकासमा योगदान गर्न तथा खेलाडीलाई अझ व्यावसायिक तवरले अघि बढ्न मद्दत गर्ने बताएको छ । 

किया र धनगढी फुटबल क्लबको साझेदारीसँगै उक्त क्लबका खेलाडीहरुको जर्सीमा कियाको लोगो देख्न पाइने छ । त्यसैगरी, अनलाइन डिजिटल कन्टेन्ट र अन्य गितिविधिमार्फत पनि ब्रान्ड सचेतना जगाइने छ । किया नेपाल प्रतिस्पर्धाका बेला सबै खेलाडीलाई महामारीबाट सुरक्षित राख्न आवश्यक सुरक्षा उपाय र पूर्व सावधानी अपनाउने प्रतिबद्धता जनाउँदछ । कियाले धनगढी फुटबल क्लब टिम जर्सीसँगै आफ्नो नयाँ लोगो पनि देशव्यापी रुपमा सार्वजनिक गर्ने जनाइएको छ ।  
 

प्रतिक्रिया दिनुहोस