
काठमाडौँ । नेपालको लागि ह्यून्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सातमध्यका एक टिम पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ ।
नेपाल सुपर लिगको प्रथम संस्करण बैशाख ११ गते देखि जेठ १ गतेसम्म हुन गइरहेको छ । नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो । जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फरम्याट मा खेलिन्छ । नेपाल सुपर लिग नेपालमापहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो ।
ह्युन्डाइले विश्वभर नै खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विश्व कपको साथै विभिन्न लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको छ । यसरी नैै लक्ष्मी ह्युन्डाइले पनि नेपालमा खेलकुद विकासको लागि विभिन्न खेलकुदहरु (फुटबल, गल्फ) मा प्रत्यक्षरुपमा सहयोग गर्दै आइरहेको कम्पनीले जनाएको छ । लक्ष्मी ह्युन्डाइले बिगतमा नेपालको ‘ए’ डिभिजन टिम पनि १० बर्षसम्म प्रायोजन गरेको थियो ।
हुण्डाई मोटरले इङ्लिस प्रिमियर लिगसिजन २०१८/१९ देखि ४बर्षसम्मका लागि चेल्सी एफसीलाई प्रायोजन गरेको छ । साथै फिफा प्रतियोगिताहरुमा बिगत १० वर्षदेखि अफिसियल प्रायोजक रहेको छ ।
प्रतिक्रिया दिनुहोस