काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो दुई आर्थिक वर्षको नगद लाभांश बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आव २०७०÷७१ र ७१÷७२ को मुनाफाबाट वितरण गरिएको नगद लाभांश बुझ्न बाँकी सदस्यहरुलाई आगामी ३० दिनभित्र बुझिलिन अनुरोध गरेको हो ।
कम्पनीले यस अघि पनि गत माघ १६ गते उक्त नगद लाभांश बुझि लिनका लागि सुचना जारी गरको थियो । सो सुचना अनुसार केही शेयरधनीहरुले नगद लाभांश बुझेपनि अझै बाँकी रहेकाले फेरी पनि सुचना जारी गरिएको कम्पनीको भनाई छ ।
आगामी एक महिनाभित्र कम्पनीको जावलाखेल स्थित कार्यालयमा सम्पर्क गरी नगद लाभांश बुझिलिन कम्पनीले भनेको हो । तोकिएको अवधिभित्र नगद लाभांश वापतको रकम नबुझेमा कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया दिनुहोस