aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइतवार आइएमई जनरलको लाभांशसँगै हकप्रद शेयरको प्रस्ताव पास हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ बैशाख २०७८
आइतवार आइएमई जनरलको लाभांशसँगै हकप्रद शेयरको प्रस्ताव पास हुँदै

 काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले बैशाख १२ गते आइतवार २३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभा आव्हान गरिएको हो । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्तिलाई पनि स्वीकृति प्रदान गर्नेछ । 

कम्पनीको फागुन ४ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांशलाई पनि सभाले अन्तिम दिनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८ करोड १८ लाख ३६ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश प्रस्ताव गरेको कम्पनीले बोनस शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

 साथै, कम्पनीको चुक्तापूँजीको अनुपात संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत रहेकोमा त्यसलाई संशोधन गरि संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने गरी प्रबन्धपत्र संसोधनको स्वीकृति पनि सभाले दिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।

गत वर्ष कम्पनीले ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३१ प्रतिशत नगद लाभांश सहित ६ दशमलव ३१ प्रतिशत लाभांश वितरण कम्पनीले यस वर्ष बढाएर लाभांश दिन लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस