
काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बैशाख ३१ गते हुने भएको छ । सभा बिहान ११ बजे कम्पनीको कार्यालय नयाँ बानेश्वरमा हुने भएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
साथै चालू आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । सभाका लागि कम्पनीमा नयाँ सञ्चालक समितीको गठन गर्ने प्रस्ताव पनि निर्धारण गरिएको छ । कोभिडको जोखिमलाई ध्यान दिदैं सभा भर्चुअल माध्यमबाट हुनेछ ।
प्रतिक्रिया दिनुहोस