aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रिडी हाइड्रोपावरको नाफा २ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ बैशाख २०७८
रिडी हाइड्रोपावरको नाफा २ करोडभन्दा बढी

काठमाडौं । रिडी हाइड्रोपावर कम्पनी चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । जलविद्युत कम्पनीहरुमध्य सबैभन्दा पहिला कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस वर्ष तेस्रो त्रैमाससम्म रू. २ करोड १४ लाख २४ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षकोभन्दा ३० दशमलव ६८ प्रतिशत कम हो । 

गत वर्ष कम्पनीले यस अवधिसम्म रू. ३ करोड ९ लाख ६ हजार खुद नाफा गरेको थियो । यो वर्ष कुल आम्दानी ९८ प्रतिशत बृद्धि भएपनि कम्पनीको कुल सञ्चालन खर्च बढेकाले नाफामा असर परेको हो । गत वर्ष रू. ४ करोड ४ लाख २४ हजार कुल आम्दानी भएको कम्पनीको यो वर्ष रू. ८ करोड १ लाख ३४ हजार भएको छ । कम्पनीले रिडी खोला हाइड्रोवाट यो वर्ष रू. ४ करोड २८ लाख ७३ हजार बराबरको विद्युत विक्री आम्दानी गरेको छ भने बुटवल सोलार बाट रू. ३ करोड ७२ लाख ६० हजार आम्दानी गरेको छ ।

गत वर्ष रू. ५४ लाख ६३ हजार कुल सञ्चालन खर्च भएको कम्पनीको यस वर्ष रू. २ करोड २३ लाख ४७ हजार यो खर्च भएको हो । हाल चुक्तापूँजी रू. ५८ करोड ५५ लाख ५८ हजार रहेको कम्पनीको जगेडा कोष रकम रू. २ करोड २४ लाख ६७ हजार छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव ८४ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस